भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बैगुनी / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

धेरै माया ऋण हुन्छ तिर्न गाह्रो होला
नदेऊ म बैगुनीलाई त्यसै उधारो होला

साँची राख आफ्नो माया हाँसीराख यस्तै
शरदको आकासमा जून खुलेजस्तै
मनमा थोरै ठाउँ देऊ त्यति भए पुग्छ
बन्धन हो पीरति त व्यर्थै मन दुख्छ !

यही जूनि ठेगान छैन अर्को जूनि पनि
कसोगरी भनूँ मैले सँगै जीउँछु भनी
चाहनाका लिपिहरू पढ्न जान्दिनँ म
कसो गर्दा हुन्छ माया गर्न जान्दिनँ म