भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बोसो / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मैले आज राम्ररी खाना खान सकिनँ
मैले
आज सिंगडा
राम्ररी चपाउन सकिनँ
मैले आज आधा गिलास दहिं राम्ररी पिउन सकिनँ
मन हल्लिरहयो
मनको भित्तमा के के चिप्लिइरह्यो
राम्ररी
एक ठाउँधरी
भलाद्मी भएर बस्न सकिनँ
लागिरहेछ
म आज खुसी छुँ
आज प्रसन्न छुँ
प्रफुल्ल छु
सार्‍है प्रफुल्ल !

म खुसी छु
आज
मेरी केटीले सार्बजनिक मञ्चमा थुप्रै पुरस्कारहरु पाई
मेडल पाई
आज मैले थाहा पाएँ
अरु कसैलाई भन्दा
म उसलाई बढि माया गर्छु
उसलाई बढि ...
उसलाई बढि ...
आज मेरी केटिले थुप्रै पुरस्कारहरु पाई !
इज्जत पाई
मान पाई
म आज एकजनासंग
आफैंभित्र कताकता रिसाईरहेको
एकजनासंग कताकता ईर्ष्या गरिरहेको
मैले
आज
राम्ररी खाना खान सकिनँ
मैले आज सिँगडा
राम्ररी चपाउन सकिनँ
मैले
आज
आधा गिलास दहि राम्ररी पिउन सकिनँ
माला दिदिले म:म ल्याईदिइन्
मैले
आज म:म राम्ररी निल्न सकिनँ
म आज आधा पेट उठेँ
म आज अघाएर उठें
म आज प्रसन्नताले भरपूर भएर उठें
म आज उज्यालो मुहारमा उठें
मैले
आज
राम्ररी खाना खान सकिनँ
मैले आज
राम्ररी मासु चपाउन सकिनँ
खसीको बोसो मेरो प्रीय चिज हो
खसीको बोसो मेरो प्रीय कुरो हो
तर,
मैले
आज
राम्ररी बोसो निल्न सकिनँ ।