भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भाग्यले उसलाई / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 
भाग्यले उसलाई लुटेर लग्यो केही भन्न सकिनँ
पराई भई हराइगई कहीँ देख्न सकिनँ

जानेर उसलाई गुमाएको हैन भाग्यले लुटेको
अँगाल्न मैले नचाहेको हैन भाग्यै हो फुटेको
मनमा माया सङ्गाली राखेँ आऊ भन्न सकिनँ
भाग्यले उसलाई लुटेर लग्यो केही भन्न सकिनँ

छातीमा मुटु धड्केको हैन चोट हो लुका'को
आँखामा आँसु छल्केका हैनन् पीडा हो फुका'को
चाहेको थिएँ जुन कुरा भन्न त्यही भन्न सकिनँ
भाग्यले उसलाई लुटेर लग्यो केही भन्न सकिनँ