भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भुइँ टेकेर बाँच्नेहरू - ३ / रेमिका थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पूर्खाहरू किसान थिए
पसीनामा नुहाएर कञ्चन भएकाहरू ।

देशमा विपत्ति आइपऱ्यो
काकाहरू पल्टन लागे ।
फर्केनन् ।

किस्ने कामीले गाउँमा हलो-फाली
काँटा-फरूवा सप्पै बनाउन छोडयो ।

छोराहरू पनि पल्टनै गए ।
कसले जोत्ने बारी ?
सहिद भएर फर्केका छोराहरूलाई कहाँ गाड्ने ?

इतिहासमा
टुहुराहरू हरामीले छोडिराखेको बतासे भ्रूण भनिए ।
टुहुराहरूका छाउराहरू जन्मिए र
अर्काकै रतिकर्म गुनगुनाउने रद्दी साँफ्टवेयरहरू मानिए ।

सफाइ दिन्छौ ?
ऐतिहासिक सफाइका हरेक अक्षरहरू
देशी दलालको कैदी मोहराहरू भए
कहिले भत्काइए, कहिले बेइमानीको घुरेनतिर घुइँक्याइए ।

किनारातिर अफालिएका
खाँटी अक्षरहरू जुट्लान् ?
हलो-फाली बनिएलान् ?

अँ, सुन्दैछौ ?
अक्षरहरूका ध्वनि.....
हो, फलामलाई त तात्तालै पिट्नु राम्रो...