भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भूत सवार / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

क.
थिए सिकन्दरका जुँघा
क्या बाघका !
करमा कस्तो करवाल !
मुठी कस्ता !
लाख, लाखका !

ख.
झोक्रिरहन्थ्यो, झोक्रिरहन्थ्यो,
लहडी एक !
भाग्यो केही ?
सब मोटाए चाटी, चाटी !
विश्वविजेताको छ उदेक !

ग.
“के चाहिन्छ ?”
त्यो भन्छ,
“हा ! हा ! हा ! हा ! घाम नछेक”
शस्त्रअस्त्रको शेखीउपर
हेर ! बुद्धिको कत्रो टेक !

घ.
दीवालाका दान गजब छन् !
स्वतन्त्र दिलको पुजारी
हाँस्दछ, हाँस्दछ मेरा दिलमा
पाजी, पूँजी, लूटहरुमा,
इन्कार तथा धिक्कार
नामका खुट्टा बजारी !