भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भेटिनु छुटिनु त के हो र / गोपाल योञ्जन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भेटिनु छुटिनु त के हो र, संसारको रित हो
नसम्झ तिमी यो मेरो, बिदाको गीत हो ।

नदिनु साथ कसैको जब, अन्तै छ मन भने
न बाढ्नु खोक्रो कामना, पापी छ मन भने ।
मेरो चोखो प्रेम कमाउनु नै, त्यो तिम्रो जीत हो
नसम्झ तिमी यो मेरो, बिदाको गीत हो ।

लाग्दैन खुशी त के भयो, म रुन्छु बेस्सरी
सम्पूर्ण आफु-आफु मै, म हुन्छु त्यस घढि ।
मेरो लागि यस्ता आँसु नै, जीवन अमृत हो
नसम्झ तिमी यो मेरो, बिदाको गीत हो ।

भेटिनु छुटिनु त के हो र, संसारको रित हो
नसम्झ तिमी यो मेरो, बिदाको गीत हो।