भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भैगो अब तिम्रा कुरा मान्छु अलिकति / ललिजन रावल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भैगो अब तिम्रा कुरा मान्छु अलिकति
आजलाई वाचा-कसम खान्छु अलिकति

जति रिस उठे पनि मन दुखे पनि
ढुङ्गा होइन फूलले फेरि हान्छु अलिकति

जे-जे दियौ तिम्ले सधैँ मैले थापी रहेँ
अति भयो आज म त छान्छु अलिकलि

माया टाढा हुने रैछ सधैँ नजिक हुँदा
तिमीबाट टाढा आज जान्छु अलिकति

आफन्तले जब-जब घात मात्रै गर्छ
शत्रुलाई बरु आˆनो ठान्छु अलिकति

कहाँकहाँ पुग्नुपर्छ, कति हिँड्नु पर्ला ?
यात्राभरि सम्झना त्यो लान्छु अलिकति ।