भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भैलेनीमा कुरिबस्छु / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यसपालिको तिहारमा खुसी फर्किआउला
रोटेपिङमा मेरो रहर सातै फन्को लाउला
दाजै फर्किआउनु साँझै नपारी
भैलेनीमा कुरिबस्छु सङ्घारमा आँसु नझारी
 
मखमली लरिबरी फुल्यो गोदावरी
पञ्चरङ्गी टीका सजाई राखेँ घडा भरी
भुलिगयौ पोहोरसाल स्नेहको माला
भरीभरी तेल राखेँ निभिगयो पाला
दाजै फर्किआउनु भाका नसारी
भैलेनीमा कुरिबस्छु सङ्घारमा आँसु नझारी
 
यमराजलाई मैले चाँडै बिन्ति पठाइसकेँ
कालै पनि जितिआउने शक्ति खटाइसकेँ
दसैँभरि कालरात्रि दिनै पनि कालो
तिहारको झिलिमिली खुसी हुने पालो
दाजै फर्किआउनु वचन नटारी
भैलेनीमा कुरिबस्छु सङ्घारमा आँसु नझारी