भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भोटको लडाइँको सवाई (७-९)/ लालबहादुर आउँमासी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कार्तिक वदी दशमी आइतबार।
पूर्वाषाढ नक्षत्रमा साइत सार ॥
काला राहुत् सङ्खासुरका हात पनि पर्‍यो ।
अफिसर्को बुद्धि पनि तेसै दिन हर्‍यो ॥८॥

मन्त्री भये कच्चा केही नजान्ने।
सिपाहीले भनेको कत्ति नमान्ने ॥
डिपुको तोप उँभोतिर तान्ने ।
वैरीलाई देखेर डरै मात्र मान्ने ॥९॥