भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भ्यालेन्टाइन्स डे / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


एक मनभरि सम्झना
दुई आँखाभरि तिर्सना
अलिकति मुस्कान र
केही खुम्च्याइहरू निधारका
बोकेर अएको छ, एउटा दिन।

बिहान ऐना धमिल्याएर
दिउसो घाम छेकेर
साँझमा क्षितिज बालेर
रातभरि मुटु दुखाएर, तकिया भिजाएर ।

दिन बित्दै जाँदा
उमेर ढल्दै जाँदा
सायद,
यस्तै गरी आउने गर्छ
भ्यालेन्टाइन्स डे ।