भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मछुवारी / विमला तुम्खेवा
Kavita Kosh से
समयको निर्बन्धित बगरमा
मृत्युलाई कैर्द गर्दै
मछुवारी सोच्दै छ
मेरो भोकभन्दा मृत्यु किन सस्तो छ ?
बगरमा उभिएर सोच्नु
मछुवारीको निम्ति दिक्क लाग्दो
अस्वीकृत समय हो
मछुवारी सोच्छ
समयको देशमा मृत्युको बेहिसाब किताब छ
मेरो जीर्ण शरीरभरिभरि ......
मृत्युको अलिखित इतिहास छ
मछुवारी !
तिम्रो जालमा परेका कलिला जीवनहरु
बेहिसाब फाटेका उमेरहरु
असीमित छ
जटिल छ
प्रिय छ र भयानक पनि
भन मछुवारी —
तिम्रो नजरमा भोकभन्दा मृत्यु किन सस्तो छ ?