Last modified on 3 फ़रवरी 2022, at 21:37

मणिपुरको लडाइको सवाई (११-२०) / तुलाचन आले

तेसै बेला वखतमा भारी युद्धै भयो।
हिमचरण सुबिदार्को जिवै पनि गयो ।।
कठैबरी सुबिदार्को भारी जिव-थीया
जल्दी जल्दी गरीकन स्वर्गवास लियो ॥१३॥

उसैबेला वैरीले ढोका थुनी दीयो।
भारदार जतिको जीव हरीलियो ।।
भारदार जति सबै ताँही जुझी गयो।
कठैबरी भारदारको भारी गाफिल भयो ॥१८॥