भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मदन भोट जान्छन् - २ / मुना मदन / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 ‘सपना मैले के देखेँ आज? भैँसीले लघार्यो्,
यो मुटु काँप्छ त्यो भैँसी सम्झी, हिलामा पछार्योन,
    बज्यै! भैँसीले लघार्यो्।’
‘बुहारी मेरी! शीतको सपना पिर्दैन खराब,
खराब सपना त्यो बिर्सिजाऊ डरले नकाँप।
फुलेको शिर म थापिदिन्छु सबै त्यो खराब,
हे छोरी जस्ती बुहारी मेरी! त्यसरी नकाँप।’
‘दाहिने आँखा फर्फर गर्छ मनमा लाग्यो पीर,
कहाँ हो कहाँ मुटुमा दुख्छ, घुम्दछ मेरो शिर।
आमा र बाबु स्वर्गमा मेरा, टुहुरी अजान,
हजूर नै आमा, हजूर नै बाबु, खोल्दछु मुहान,
बज्यै! मनको मुहान!’
‘कसैका माथि कुभलो हाम्रो मनमा बसेन,
पापको छाया यो हाम्रो सानो घरमा घुसेन।
दैवले देख्छ सोझाको दर्द, दैवले हेर्दछ,
दैवको बज्र ओर्लेर आए ममाथि पर्दछ,
फुलेको केश, ममाथि पर्दछ!’
‘धेरै नै भयो खबर केही आएन ह्लासाको,
चिठीको भर पर्दछ बस्नु, चिठीको आशाको।’
‘बेपारीलाई कामको भीड फुर्सद पाएन,
लेखूँला भन्दै भुलेको होला त्यसैले आएन,
वनको बाटो डाँडा र काँडा, टाढा भै आएन।’
 ‘नमान पीर बुहारी मेरी पीरले सुहाएन’
‘तैपनि लाग्छ मनमा बादल, कुइरो धुरिन्छ;
शङ्काका छाया नाचेर उड्छन् मन पीरले भरिन्छ;
खराब कुरा नसोच्नु भन्छन् अफाल्दा फर्किन्छ
मुटुमा चीसो पसेर आउँछ आँखिभौँ फड्किन्छ
    हजूर! आँखिभौँ फड्किन्छ।
हजूर, हाम्रो अबला चोला आधार हुँदा दूर
सुकेको पात झैँ शीतको बेला,
हिमाली सासमा काँपेर उठ्छ थरथर, गली नूर
मुटुकी चरी छायाले डरी, भटभटी भुर्भुरी
उडूँ कि बसूँ सरि छ जीवन हाँगामा फर्फरी
हिमाललाई हेर्योि मन चीसो हुन्छ पर्वत हैर्यौ नीर,
हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर?
हजूर! के गरी रहूँ थिर?’
‘नमान पीर बुहारी मेरी! असलै हुनेछ,
फूल झैँ छोयौँ संसार हाम्ले,
 न मान्छे न त दैवले हाम्लाई काँडालै छुनेछ।’