भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मध्यरातको जिन्दगीसँगको जम्काभेट / सुमन पोखरेल
Kavita Kosh से
अँध्यारो रातमा
जब म अन्धकारबाट टाढिएर
आँखा चिम्लिन्छु
सर्वत्र उज्यालो देख्दछु ।
यो उज्यालो पर-परसम्म पुगेको हुन्छ ।
झस्किएर ब्यूँझन्छु
र छामछाम छुमछुम गर्दै
आफूलाई समातेर सोध्दछु –
तँ मरिस कि क्या हो ?
म मरेको हुन्न ।
तँ बौलाइस कि क्या हो ?
म बौलाएको पनि हुन्न ।
पर्दा उघारेर हेर्छु
पर-परसम्म अँध्यारो छाएको हुन्छ
नजिक-नजिकसम्म अँध्यारो आएको हुन्छ ।