भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मनको नजिक छ, मनमोहनको माटो / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मनमोहनको माटो,मनमोहन पुग्ने वाटो
पुग्ने वेलाको सुन्दर पोखरी
छेवैको एउटा सर्वप्रिय हरियो रुख
पुगिसकेपछिको फुलवारी
पानी वग्ने विक्रमश्रीले बनाएको झरना
मनमोहनको शालिकअगिको आर्कषक पानी फोहरा
सवै सबै प्रिय लाग्छन् ।

रोपिएका वृक्ष हुर्कदै छन्
पढिसकेका विद्यार्थी
आ आफ्नो कर्म क्षेत्रमा लम्कदै छन् ।

जीवनको प्रिय कर्मभूमि
आफैले सजाएको प्रयोगशाला
सिकर्मीलाइ सिकाएर वनाउन लगाएका
काठे तखता, सेतो पाटी
सबै सबै मन नजिक छन्
स्मिृतिको गहिराईमा छन् ।

नयाँ नयाँ विद्यार्थी
ती अवोध अनुहार
सिक्ने चाहनाको उत्साह
मनमोहनभरि छरिएका कलिला फूल
आइ रहे, गइ रहे
आ आफ्नो छाप हरेक गुरु, गुरुआमाको
हृदयमा कोरिरहे
सबै सबै शिष्य मनमा अटाएका छन्
मस्तिष्कमा खिपिएका छन् ।

प्रविधिक शिक्षाको थलो
उन्नतिको हलो चलाइ रहेछ
विकासका गरा तयार गर्दै
देशको जग दरो वनाईरहेछ ।

मनमोहनको सपना ,देशवासीको चाहना
सक्षम सवल कर्णधारको चेतना
विस्तारित गरिरहेछन्
मनमोहनमा रमाउने कर्मयोगी पाखुराहरु
पवित्र उद्देश्यको निर्माणमा
सधैं सधैं लागिरहेछन् ।

मनमोहनको हरेक इँट
वोट विरुवाका तमाम पात, फूल, काँडा
त्यहाँ आउने जाने सवै मन
मनमोहनमा दान दिने ,मनमोहनलाई मान दिने
सम्मान दिने
सवै सवै प्रिय छन्, आत्मिय छन् ।

हृदयको गहिराइवाट धन्यवाद
ती सहयोगी हातहरुलाई
अप्ठ्यारोमा दिइएका साथहरुलाई ।