भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मनुष्य-कर्तव्य २ / उमानाथ शर्मा पोख्रेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


सेवनले महाजड पनि मानिन्छ विद्वान् बनी ।
जस्का केहि निगाहले हटदछन् दुर्वार्य-वाधापनि ।।
प्राणीलाई सुखी गराउँन भनी जो छन् सदा तत्पर ।
यस्ता श्रीगणनाथ मङ्गल गरुन् यो कार्यमा निर्भर ।।१।।

इच्छा मात्र लिई चराचर जगत् सारा बनाई कन ।
इच्छाकै भरमा अनेकरितले इन्को गरी पालन ।।
इच्छाकै परिणामले पलकमा सम्पूर्ण गर्ने लय ।
यस्ता कोहि अनन्त-शक्ति भगवान् हाम्राबनुन् आश्रय ।।२।।