भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मरभूमिमा कविता / अभि सुवेदी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मैले मरभूमिबारे
अरबी रातका गाथामा पढें
बेद्वाँ, उँट र अनन्त यात्राका श्रृङ्खलामा पढें
मोजेज्का महायात्रा
युध्द र बहादुरी अनि
जृ्नमुनि मरभूमिको ठिहीमा टुङ्ना बजाइबस्ने
आदिम कथाका पात्रका गाथामा पढें
आकाश र धरती, तारा र हावा
अनि मरुद्यानका भ्रमका कथामा पढें
मक्कामा हज गरेर आएका
नेपालका साथीहरुका कथामा पढें,
तर मैले सोचेको थिइँन
उजाड मरभूमिको बीचमा
हराभरा घाँस र बृक्षलतादि उमारेर
नेपालको पुरानो बाइरोडको बाटोमा
ढुङ्गाको प्रहार र पानीलेमात्र खोक्तै कुद्ने
गाडीजस्ता मरुयानमा गेटबाटै लिएर
हामीलाई सबैतिर घुमाउँने भाइहरु
मरभूमिका पात्र हुनसक्छन् भनेर,
मरभूमिमा नेपाली हातका हरियालीले घेरिएर
ध्यानातित भएको क्षण मेरो मरभूमि यात्रा भएको थियो।
म्ौले सोचेको थिइँन उता नेपालमै
पुत्रलाभ भएको खबरको खुशियालीमा
बेद्वाँको फेटाभित्र प्रसन्न एक भाइले
मीठाइ बाँडिरहेका हुनेछन् मरभूमिमा,
कहिल्यै कल्पना गरेको थिइँन मरभूमिमा
फाटेको सोफामा बसेर
महात्मा गान्धीको सम्झनामा
बाख्राको दृ्ध तन्तनी पिउँला भनेर,
झन् के कल्पना गरेको थिएँ र
हप्हप् मरभूमिको बीचमा
पाल उठाएर यही हो हाम्रो वातानुकुलित भन्दै
उतापटि खुला आकाशमुनि उभिएको
अकिञ्चन गधामाथि भुइँसम्म खुट्टा खसाएर
मलाई एउटा भाइले चढाउँनेछन् मरभूमिमा
अनि यसका छवि अखबारमा यो देशैभरि हेरिनेछन् भनेर।
उँटका अनन्त यात्राका कथा पढेको हुँ
यसको विषयमा निबन्ध लेखेर
स्कृ्लमा सर्वोत्तम अङ्क पनि पाएकै हुँ,
उँटसवार, वहादुर, प्रेमी, सुफी र राजारजौटाका कथा
बाहिर झरी हेर्दै झ्यालमा बसेर पढेकै हुँ
तर के थाहा त्यसैमाथि बसेर
बालुवाका पहाड चड्नेछु
अनि उँटको गतिमा तल र माथि हल्लिदा
राजनामीमा सृष्टिको आदिम हलचल हुनेछ
र यो भग्न हुने डरका कल्पना उठ्नेछन्
अनि यसैको कथा देवेन्द्रका कलमबाट
मेरो र सबै भाइका सम्झनामा अखबारमा लेखिनेछ
र मलाई भयानक उँटले निहुरिएर
बालुवाले आच्छादित पृथ्वीमाथि
विस्तारै अवतरण गरेका छविमा
नेपाल देशमा मेरा व्यक्तिपरिचय लेखिनेछन् भनेर।
मलाई थाहा थिएन मरभूमि भनेको
नेपालीका छाप्रोवरिपरि यताबाट उता
अनि उताबाट यता कुद्ने कुखुरा,
कराउँने भेडावाख्रा अनि कतारका सडकमा कुद्ने
नेपालीका निसन गाडी, मुनामदनमा
दिदीमाथि समर्पित मदनको क्रन्दन,
नाल्दुम् जस्तो भिडियो क्यामेर लिएर कुद्ने
भाइहरुका छविकर्ममा सेलुलाइड् पर्दामा
अवतरित हुँदैजाने महाकथानकहरु हुनसक्छन् भनेर,
अरबी रात्रिहरुका कथा कस्तो उज्योमा लेखिए कुन्नि
तर मैले मरभूमिमा जृ्नको केवल जृ्नको उज्यालोमा
कविता लेख्ने अर्धखुसियालीमा निमग्न
एक नाथुरश्रमी नेपाली नसालु आँखामा
जृ्नले उन्मत्त मरभूमि देखें
शब्दहरु नै फटाफट जृ्नबाट खसेको देखें।
मलाई थाहा थिएन मरभूमि भनेको
'साहित्यकारज्यृ् !' भनेर मलाई सम्वोधन गर्दै
दृ्तावाशको शरणार्थी भान्सामा
मलाई उस्का र साथीहरु ठगिएका
दारुण कथा सुनाउनेको वेदनामा
आरेखित रचना हो भनेर,
मलाई थाहा थिएन मरभूमिमा
जीवनका धेरै दशक पार गरिसकेपछि
कविता, गजलको एक उन्मादिलेा
प्रेमको आकाशमुनि मलाई
'तपाईँ युवा प्राध्यापक' लेखेर
सुन्दर फ्रेमभित्र एउटा मायाँको चिन्ह मिल्नेछ भनेर।
 
मलाई मरभूमि
मायाँ, जृ्न र हरियालीका सपना,
यही देशका अनेकौं मायालु आँखाहरुको
एउटा सल्ल प्रवाह र
कहिल्यै नमेटिने सम्झनाको एउटा रचना।