भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मरी गए माटो हुँला / गणेश रसिक

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मरी गए माटो हुँला, माटै हुन मन छ,
राजमुकुट हो मेरो आस्था- मेरै मनले भन्छ ।
मेरो गाउँ, मेरो शहर, मेरो जनशक्ति.
यिनकै खातिर जिउन सके मिल्छ मलाई मुक्ति।

पराईको दान-भिक्षा यो पेटमा नपरोस्,
आफ्नो परिश्रमले नै मेरो भोक मरोस्,
यी वैरीको सामु यो शिर धरहराझै उठोस्,
 हामीहरू अघि सर्दा स्वार्थी शिर झुकोस् ।
 
आमाले हो भन्नुभाको- मेरो जात नेपाली,
मेरो घरको सिमाना हो- मेची-महाकाली,
अन्यायको विरोधमा मेरो हात उठोस्,
प्रगति र निर्माणमा मेरो वेग छुटोस् ।