भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मर्न मन लाग्छ मायालु / पारिजात

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मर्न मन लाग्छ मायालु, रातसँगै मध्यान्हसँगै
डुब्न मन लाग्छ मायालु, साँझसँगै आकाशसँगै

सधैँ चिसो इनारभित्र हिउँद बसन्त साँचिरहेछु
एकान्तजस्तै सधैँ एक्लै वारिस बिना बाँचिरहेछु
डढ्न मन लाग्छ मायालु घामसँगै बालुवासँगै
जल्न मन लाग्छ मायालु रापसँगै खरानीसँगै

हुरी नचल्ने गोरेटोभरि उड्न त्यसै मन गरेँछु
मरिसकेको बगरमाथि बग्न त्यसै चाह गरेँछु
झर्न मन लाग्छ मायालु शीतसँगै असिनासँगै
जम्न मन लाग्छ मायालु हिउँसँगै तुषारोसँगै