भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मलम दिने हातले / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बोल्छ भन्थे माटो यहाँ मान्छे बोल्न छाड्यो
मलम दिने हात आज चोट दिन थाल्यो
 
हिँड्दै थिए साथ फेरि कहाँ भयो फाटो
कहाँ पुगी मोडिएर बेग्लिएछ बाटो
दाजुभाइले आपस्तमा किन इख पाल्यो
मलम दिने हात आज चोट दिन थाल्यो
 
चौतारीको छायासँगै दुःख साँट्थे पैले
प्रहार गर्छन् पिठबाट लुकिचोरी ऐले
ओठको खुसी हरी कस्ले बारुदगन्ध हाल्यो
मलम दिने हात आज चोट दिन थाल्यो