मलाइ तिम्रो चिन्ता छ / सविता गौतम दाहाल
साथी तिमी अति घमण्डी
कुन दिन कुन घमण्डले हिर्काउने हो
यति विझाउछौ
काँडाजस्तो
क्याक्टस प्रतित हुन्छौ, वेला वेला
कुनदिन,
म नै कोमलता खोज्दै भौतारिन्छु होला !
बोकेर यति धेरै अमिलो र पीरो
कसरी अगि बढलाऊ !
तिम्रो स्वच्छता फाट्ने होकि
आफ्नै अमिलोले
तिम्रो सुन्दर आँखामा
त्यहि धूलो खुर्सानी पारिदिने होकि कसैले
मलाई तिम्रो चिन्ता छ ।
आरिस र आक्रोश
कहाँ पुरयाउला !
मान्छे बनाउने हर कोशिश, सत्प्रयाश
असफल पारेर चहकिएका तिमीलाई
कसरी जोगाऊँ !
मलाई चिन्ता छ ।
दुखाउनुको जो नशामा छौ
के छोडला र ! त्यसले
तिम्रो मुटू , फोक्सो र कलेजो
मलाइ चिन्ता छ ।
आफ्नै पीरोले चाउरिएर मरिच भइसक्यौ
आफ्नै नचाहिदो धमण्डले वनाएको
विषाख्त रसायन
घोलिएर तिमीमा
विस्थापित गरिरहेछ
तिम्रो उज्यालो ।
कुन अस्पताल गएर झार्लाऊ
आफैे सिंचेर हुर्काएको
वीषको असर
मलाई चिन्ता छ ।
तितोको खेती
विछट्टै रमाएका तिमी
मेरो न्यून रक्तचापको के मतलब ?
साँझ, जान मन लाग्दैन चोकतिर
मान्छे हिर्काउछन्
शब्द वाण तिमीलाई
होच्च्याउछन् दूर्योधन भनी
यी व्यङय सहन हुदैन् ।
अभावमा रन्थनिएका सुदामा
किन झडकार्छौ
साथ दिने कृष्ण हात ?
साथी,
अचेल मेरा साँझ आफ्नै कौशी
पुस्तक पात्रसंग रमाउँछन्
कुनै दिन उपयुक्त केही भेट्टाउछु कि
तिमीलाई दिन सक्ने
खोजमा छु , अध्ययनमा छु
मलाई तिम्रो चिन्ता छ ।