मलाई नमार / रमेश क्षितिज

नसल्काऊ आगो नउध्याऊ धार
म जीउन चाहन्छु अरूलाई खुसी दिई
मलाई नमार ! मलाई नमार !!

सुनसान छन् गाउँ रित्तो छ गोरेटो
सबैतिर चल्यो सन्त्रासको सिरेटो
यो कस्तो जीत हो सबैको हार ?
मलाई नमार ! मलाई नमार !!

रगताम्मे नदी मैलो छ आकास
तर गर्छु अझै मान्छेमै विश्वास
मान्छे भई माग्छु मान्छेको प्यार
मलाई नमार ! मलाई नमार !!

इस पृष्ठ को बेहतर बनाने में मदद करें!

Keep track of this page and all changes to it.