मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ
लहरा पहरा छहराको देश
पारि-पारि हिमालमा उँडिरहने बादलुको केश
मेरो देश
मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ
गाउँ-गाउँ बिहानी भई जागेको एकान्तको कन्दरामा
कहाँ-कहाँ नेपालीको मुटुबाट एउटा गीत मुरलीमा गाएको
मेरो देश
मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ
मेची-कालीको माझ यहाँको रात, दिन, रात र साँझ
यहाँको हिमाली छायाँ मान्छे मान्छेको माया
दाँया बाँया घाम छाया मायामा डुबी
मेरो देश