Last modified on 16 सितम्बर 2021, at 21:10

मागेर पाइन्न माया खोसेर पाइँदैन / भीम विराग

मागेर पाइन्न माया खोसेर पाइँदैन
व्यापार हैन माया किनेर पाइँदैन

छ मिल्ने प्रयत्न जारी उज्यालो अँध्यारोको
अनायास पाइन्छ माया प्रयासले पाइँदैन

लहरले छोएको हुन्न गहिराइलाई कहिल्यै
स्पर्छ बिनाको यस्तो समर्पण पाइँदैन

हृदयसँग यो हृदयको सम्झौता हो माया
जोडिए त तोडिँदैन, तोडिए त जोडिँदैन

मान या नमान कर छैन कसैलाई
लेखेको पाइन्छ रे देखेको पाइँदैन