भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

माटो / दीपक शम्चू

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

माटो टेकेर
उभिएको जङ्गलले
हरियो पोल्टा खोलेर
पोखिदिन्छ बतास ।

माटो ढाकेर
उडिहिँड्ने बादलले
नीलो सागर उघाएर
बर्षाइदिन्छ शीतलता |

माटो छोएर
बगिजाने पानीले
कञ्चन रङ पोतेर
जोगाइदिन्छ प्राण |

फुत्किएर
क्षितिजबाट घाम
माटाकै सुगन्ध पछ्याउँदै
उज्यालो बाँड्न हिँड्छ बिहान ।

माटाकै साहाराले
पुरिँदोरहेछ अभाव
आखिर माटाकै भरमा
चल्दोरहेछ जीवन ।

०००