भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मान्छेको गीत / दुर्गालाल श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमी बाहुन, मचैं कामी
कोही दमाई, कोही च्यामी
के भो जात फरक परेर –
त्रि्रो हाम्रो एकै थलो
एकै हुँदा हुन्छ भलो
मिली बसौं एकै भएर ।
तल-माथि, छुवाछुत
हामीबीच किन फूट –
सबै बराबरी भनेर,
मान्छे भई सोच्नुपर्यो
मान्छे भई बुझ्नुपर्यो
बाँच्नुपर्यो मान्छे भएर ।
कसैलाई नहेपौं है
हेपिएर नबसौं है
रक्षा गरौं मानिसको शान,
ठूलोभन्दा ठूलो धर्म
जीवात्माको बुझौं मर्म
यसैमा छ हाम्रो भगवान् ।