भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मान्छे वितृष्णा / देवान किराती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पढिरहन्छु
बारम्बार इतिहास ।

खै ! किन कुन्नि
आजकाल मलाई
कुनै राजकुमार हुनुभन्दा बढी
मन लाग्छ
राक्षस हुन ।

हिटलर, पोलपोट, खु्रस्चेभ
क्रुसो, फुजिमोरी, जङगबहादुर
नेपोलियन, रेगन, सुहार्तो
रगताम्मे भएर इतिहास
आँखा, ओठ र औँलाका कापहरूबाट तप्कन्छ
र बगाउँछ मलाई
क्रूर इतिहासको आरोहणमा
जो हुन्छ राक्षसको ।


पढिरहन्छु इतिहास
र सोचिरहन्छु
सधँै भ्रम–हाँसेका मान्छेहरू
आफँैलाई बिर्सिएर
सधैँ राक्षस बाँचेको छ
घिन लाग्छ मलाई
मान्छे हाँस्नु
जो नराम्रो छ राक्षसको भन्दा ।

कुनै दन्तेकथाको खलनायकको भन्दा कम छँदै छैन
आधुनिक राष्ट्रप्रमुखको कथा
वा कुनै राजकुमारको कथा
र प्रमुख या राजकुमार भएर
राक्षसी गर्नुभन्दा त
कति हो कति असल
राक्षस भएरै राक्षसी गर्नु ।

मन लाग्छ मलाई
राक्षस हुन ।