भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मायालु मेरो तिमी / सानु शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मायालु मेरो तिमी फर्केर आऊ न
बाँधेर अँगालोमा मलाई भिजाऊ न

आज पानी फेरि त्यसरी पर्दैछ
बादल गर्जेर इशारा गर्दैछ
के गरूँ म एक्लै इशारा बुझेर
भिज्दैन मन म एक्लै रुझेर
बाँधेर अँगालोमा मलाई भिजाऊ न
मायालु मेरो तिमी फर्केर आऊ न

सहारा खोज्दैछ मेरो धड्कनले
तिमीलाई खोज्दैछ मेरो रहरले
मनले मेरो तिमी खोई भन्छ
मलाई तिमीभित्रै बिलाउने मन छ
बाँधेर अँगालोमा मलाई भिजाऊ न
मायालु मेरो तिमी फर्केर आऊ न