भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मायालु हजार हुन्छन् / गोपाल योञ्जन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



मायालु हजार हुन्छन् तर माया एक हुन्छ
बुझेर माया देऊ, दिन पर्ने एउटै हुन्छ

मिलनका म्वाईहरू मायाका चिन्ह हैनन्
तृष्णाले छटपटेका यौवनका दोष ती हुन्
मायाको गुँड मुटुको गहिराइभित्र हुन्छ
त्यो लिन गाह्रो हुन्छ, दिन पनि गाह्रो हुन्छ
सोचेर माया लेऊ सम्झेर माया देऊ
एकपल्ट साटेपछि फर्काउन गाह्रो हुन्छ

माया सधैँ नै चोखो, सत्य र अमर हुन्छ
बरु कोही मायालु नै जुठो र झूटो हुन्छ
मायालुहरू मरेर मर्दैन मायाहरू
लासमाथि पनि माया बाँचिरहेकै हुन्छ
जानेर माया लाऊ मायाको अर्थ के हो
मनपरि माया गर्दा लाजमर्दो पनि हुन्छ