Last modified on 20 अगस्त 2020, at 21:46

माया मारेपछिको कुकुर / येहुदा अमिसाई / सुमन पोखरेल

तिमीले मलाई छोडेर गएपछि
निस्फिक्री छोडिदिएँ कुकुरलाई मैले
मेरो छाती र जाँघ सुँघ्न,
त्यसका नाकमा गन्ध पसोस्‌
र तिमीलाई पत्ता लगाउनसक्ने होस्‌ भनेर।

आशा छ
उधार्नेछ त्यसले तिम्रो प्रेमीको अण्डकोष, र
टोक्नेछ उसको लिङ्ग।
अरू केही नभए नि त्यसले
आफ्ना दाँतले च्यापेर
पक्कै ल्याइदिनेछ मलाई
तिम्रो स्टकिङ।