भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

माया मीठो भन्थे अरु / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

माया मीठो भन्थे अरु मलाई त भीर लाग्यो
भोग्दै जाँदा थोरै खुसी धेरै जसो पीर लाग्यो

हिजोसम्म बेग्लै थियो उसको सुख मेरो सुख
आज एउटै भएको छ हामी दुईको सुख दुख
हेर्दा हेर्दै आफुखुसी हिंड्ने दिन गएछ
उसको लागि हाँस्नु पर्ने बाँच्नु पर्ने भएछ

रुन पनि अब मैले उसको आँखा छल्नुपर्छ
हैन भने मेरो जीउको पीडा उसको मनमा सर्छ
तर्दा तर्दै मनको खोला मनको ठाउँ फिरेछ
आफ्नो बाटो अब उसको जिन्दगीले घेरेछ