भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मारुनी नाचको गीत / केदार गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

धर्ती हाम्रो भान्से आमा
आकाश हाम्रो पिता-पुरखा
सूर्य, तारा दाज्यू-भाइ
प्रकृति हुन दिदी-बहिनी

सपनीमा के देख्यो-देख्यो हो
ब्यूँझी नाच्यो हाम्री मारुनी

सारा धर्ती थर्कीआयो
किरातेश्वरले ताण्डव रचायो
ब्यूँझिए सारा पशु-पक्षी
रमाइ उठ्यो सारा प्रकृति
 
वारि झलल पारि झलल
चारैतिर बल्न थाल्यो बत्ती झलल
नाच्दै आयो ढँटुबारे बल्ल-बल्ल
हाँस्न थाले सबै गलल।