भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मिर्मिरे भो उज्यालो / युद्धप्रसाद मिश्र

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आयो क्रान्ति जनहृदयको पूर्ण दैलो उघारी
पर्ने भो यो धरतीतलमा वर्गसङ्घर्ष भारी
लागेका छन् द्रूत कदम भै एकतातर्फसारा
जागेका छन् सजग युगका जोशिला र्सवहारा

ब्यूँझेका छन् असह्य हुन् गै भित्रका दर्द ताता
उम्लेका छन् रगत मनका आहुति बन्न राता
बर्खे खोला सरह हुन गै उर्लिएका समाज
वैरी माथि नगरी हमला बस्न सक्तैन आज

भोको नाङ्गो झुपडी बीचको क्षुब्ध कङ्काल जाग्यो
तिर्खा चर्को सहन नसकी देशले खून माग्यो
तम्सेका छन् सक्रिय खुकुरी खड्ग तर्वार भाला
प्यूने हाम्रो रगत मुटुको त्यो कहाँ उम्की जाला

राखी मनमा जनप्रगतिको लक्ष्य यौटा महान्
आत्मादेखि दिन युवक छन् देशको निम्ति ज्यान
गर्दै जाँदै सब प्रतिक्रियावादीको रूप कालो
यो पैलेको तिमीर बीचमा मिर्मरे भो उज्यालो