भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

मिल्दैन विचार आफ्नो त घरमा / / ज्ञानुवाकर पौडेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मिल्दैन विचार आफ्नो त घरमा
पुरानै छ संस्कार आफ्नो त घरमा ।

बन्ने हो भने यो मरुभूमिको कवि
पाक्दैन परिकार आफ्नो त घरमा ।

छुटेदेखि भएको त्यो एउटा जागिर
हुँदैन सत्कार आफ्नो त घरमा ।

पछ्याउँछ खाली सपनाहरूले पनि
लिँदैन आकार आफ्नो त घरमा ।

केसित खानु खै मनको लड्डु ?
विपन्न परिवार आफ्नो त घरमा ।

फेरि त्यै पिउने पिलाउने कुरा
चल्दैन यार आफ्नो त घरमा ।