मीठो माया तिमीलाई / गीता त्रिपाठी

मूलको पानी कस्ले छोयो देख्छु धमिलो
मीठो माया तिमीलाई किन अमिलो
 
जूनजस्तै हाँसिदिन्थ्यौ भेटघाट हुँदा
लजाएर हेर्थ्यौ मैले मनको गाँठो फुँदा
आज किन परेली देख्छु रसिलो
मीठो माया तिमीलाई किन अमिलो
 
दुबोमाथि चम्किदिने शीतको थोपा जस्तो
बिहानीमै झरिजाने माया हुन्न सस्तो
बाँधिआएँ विश्वासको डोरी कसिलो
मीठो माया तिमीलाई किन अमिलो
 

इस पृष्ठ को बेहतर बनाने में मदद करें!

Keep track of this page and all changes to it.