भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मुसुक्क हाँसिदिँदा ज्यानै लुट्यो / विश्ववल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मुसुक्क हाँसिदिँदा ज्यानै लुट्यो
रातको निदरीमा निद टुट्यो
तिमीलाई पनि यस्तो हुन्छ कि हुँदैन
पिरतीले नसाले छुन्छ कि छुँदैन
भन माया, भन माया
जिन्दगी यो जिन्दगीमा माया त एक चोटी लाउनु नै छ
मिठा मिठा कुरा बोकी माया शिखर त चुम्नु नै छ
मुसुक्क हाँसिदिँदा ज्यानै लुट्यो
रातको निदरीमा निद टुट्यो
आँखाभरि माया बोकी जब तिमीले हेरिदिँदा
हृदयको पानाभरि नाम तिमीले लेखिदिँदा
मुसुक्क हाँसिदिँदा ज्यानै लुट्यो
रातको निदरीमा निद टुट्यो