भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मुहार छ उसको सधैँ / मनु ब्राजाकी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मुहार छ उसको सधैँ फूलको डालीजस्तो
छिमेकी छ फूल टिपी बेच्ने मालीजस्तो ।

महफिलमा बसेपछि यस्तै हुन्छ सधैँ
कोही झारीजस्तो अनि कोही प्यालीजस्तो ।

थाप्लोमाथि हिउँ पर्दा बल्ल थाहा हुन्छ
बाढी आए खोलानाला नत्र नालीजस्तो ।

कल्पनाले मन हाम्रो भरिँदैन कैले
तिर्सनाले मन हुन्छ सधैँ खालीजस्तो ।

चिनाउनु कसरी खै आफूलाई आज
जात, थर भन्दाखेरि लाग्छ गालीजस्तो ।

‘मनु’ भन्या मान्छे नै हो तर पनि कस्तो ?
मलाई भने लाग्छ सधैँ ऊ नेपालीजस्तो ।