भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मूर्त अमूर्त मृत्यु ३ / सुदीप पाख्रिन
Kavita Kosh से
					
										
					
					मृत्युको अनुहार 
विभत्स हुन्छ भनेर भन्नेहरु
म सामु
आज 
मेरै निम्ति
साइनाइडको माँग गरिरहेका थिए
किनकी
म
कोरिरहेथे
मृत्युको सुन्दर अनुहार
जिन्दगीका पक्षधरहरु
म 
सामु
आज
मेरै खिल्ली उडाइरहेका थिए
किनकी
म
सोचिरहेथे
मृत्युको सुन्दरतम अनुहार
	
	