म
सोचिरहेछु
बान्की परेको
मृत्युको मृत्यु जस्तै शरीर
सुम्सुम्याउन
म
खोजिरहेछु
मृत्युको मृत्यु जस्तै कालो कपाल
खेलाउन आफ्नै हातले
म
चाहिरहेछु
मृत्युको मृत्यु जस्तै गुलाफी ओंठ
चुम्न आफ्नै ओंठले
खोंइ
किन हो थाहै भएन ??
जहिले
तरुनी-मृत्यु नजिकबाटै
हुइकिएर जाँदा
भनौं अथवा
तरुनी-मृत्युलाई
आफु सामुन्ने पाउँदा
म
यति धेरै
कामुक किन हुने गर्छु ??
म सोचिरहेछु !
म चाहिरहेछु !!
म खोजिरहेछु !!!