भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मूर्त अमूर्त मृत्यु ६ / सुदीप पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मृत्यु
जस्तै अक्सिजन
फैलिरहेछ
आजभोलि
हरेक गाउँ
हरेक जंगल
पाखा पखेरा
डाँडाकाँडा
र, बादल जस्तै
जम्मा भइरहेछ
थुम्का थुम्कामा
र, फेरिरहेछन्
मृत्यु
जस्तै अक्सिजन
जताततै
हरेक बालबच्चा !
हरेक वृद्ध वृद्धा !!
हरेक तरुनी तन्नेरी !!!
मृत्युको रंग हुन्न भन्नेहरु
अवाक छन्— मृत्युका यति धरै रंगहरु देखेर
मृत्युको आकार हुन्न भनेर दावी गर्नेहरु
चकित छन्— मृत्युका सग्ला सग्ला आकृतिहरु देखेर
मृत्युको आफन्त हुन्न भनेर कुर्लनेहरु
हताश छन्— देखेर मृत्युको आफ्नै जस्ते लाग्ने अनुहारहरु
मृत्यु जस्तै अक्सिजन
फैलिरहेछ
आजभोलि...