भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मृत्यु एकसट्ठी / मञ्जुल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

शून्यताले पढ्यो
ती सबै अक्षरहरु
जो मैले आफ्नो उपस्थितिले लेखेँ

प्रकाशले पढ्यो
ती सबै अक्षरहरु
जो मैले आफ्ना छायाँहरुले लेखेँ

प्रकृतिले पढ्यो
ती सबै अक्षरहरु
जो मैले आफ्ना अनुभूतिहरुले लेखेँ

म छु भने
यिनै अक्षरहरुमा छु
किरिङमिरिङ
म छैन भने
छैन
खाली आएको थिएँ
खाली नै फर्केर गएँ ।