भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेची पुलमा बिसाएका हामी / मोहन ठकुरी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पुलमुनि बगिरहेछ पानी ।
बगिरहनुधर्मपानीको।
हामी पुलमा ।

वारिकाहरूलाई पारि पुर्याउनु
पारिकाहरूलाई वारि ल्याउनु
जोडेर
धर्मपुलको ।
कहीँ पुग्नलाई आइपुग्यौँ
हामी यहाँ।
 
कहीँपुग्नलाई।
पुग्न पाएनौँ।
पुल यो।
चुपचाप
मौन ।
कर्महीन/धर्महीन
भइदियो यो ।
हामी यताका पनि हुन पाएनौँ
हामी उताका पनि हुन पाएनौँ ।
यद्यपि हामीसित
अझै एउटा यात्रा छ
अझै एउटा लक्ष्य छ
अझै एउटा सङ्कल्प छ ।
जीवित हामीसित ।
सबै गुमाएर रहेको
यो प्राण छ हामीसित ।
टुङ्गोमा पुग्नलाई
यही यथेष्ट छ हामीसित ।

आज
यो पुल छ—
मात्र मौनता
हिँडिरहेछ
योमाथि ।