Last modified on 20 अगस्त 2020, at 21:42

मेरा बा / येहुदा अमिसाई / सुमन पोखरेल

दिउसो काममा जाँदा लगिने स्यान्डविच जसरी
सेतो कागजमा बेरिएको छ
मेरा बाको सम्झना।

जादुगरले उसको टोपीबाट टावर र खरायो निकालेजसरी
आफ्नो सानो शरिरबाट माया निकाल्छन्‌ उनी।

र किनार नाघ्दै बग्छन्
उनका हातका नदीहरू
अनेकौँ सत्कर्मले भरिएर।