भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मेरा यी चाहनाहरू / बद्रीप्रसाद बढू
Kavita Kosh से
म तिम्रो कलिलो बोली सुन्दा सुन्दै रमाउँछु
म तिम्रो चञ्चले खेल हेर्दा हेर्दै रमाउँछु //१//
म आफ्नै काँधमा राखी तिमीलाई डुलाउँछु
ताते ताते गरी तान्दै तिमीलाई हिँडाउँछु//२//
म आफ्नै काखमा राखी तिमीलाई लुटू पुटू
म मेरै मुटुको मायाँ पोखी पोखी भिजाउँछु//३//
म तिम्रै कानमा आई सुनाउँछु कथाहरू
वर्षौं वर्ष पुराना छन् मेरा यी चाहनाहरू //४//