Last modified on 23 अगस्त 2020, at 21:58

मेरी आमा / जी. अब्दुल बसीर / सुमन पोखरेल

पेटभित्र बोकिन् मलाई
पृथ्वी जन्माइदिइन् मेरा लागि
र बोकिन् आफ्ना काखमा
मेरी ईश्वर हुन् मेरी आमा ।
धरती – पानी – आकाश
रुख – बिरुवा – हावा
खुवाइन् आमाले मलाई
जून – तारा – घामको उर्वरता
स्वादिलो नून हुन् उनी
कोही छैन अरू मेरी आमाजस्तो।

खाइनन् - थोरै खाइन् आमाले
उपवास बसिन् सँधै नै
अपुग कपडाले ढाकिन् शरीर
निस्तो खाना खाइन् उनले
र मलाई दिइन् मीठामीठा खानेकुरा!
आफ्नो काखमा लुकाउँछिन् आमाले मलाई
आऊ आमा,
पुकार्दैछु म, आमा आऊ यहाँ!

बृक्षहरूले जरा राख्ने ठाउँ हुन् उनी
मैले हिर्काएँ – कराएँ – र गोडा लाग्यो मेरो भने
सहिरहन्छिन् आमा!
रुखका हाँगा र नरिवलको रुखका हातमा बसेर गाउने
चराहरूका गीतको मूल हुन् उनी
उनी नै हुन स्रोत जीवहरूको खुसीको।

उनी रोइन्, रोइरहिन्
मेरा हुने छन् झरेका आँशुहरू
प्रणाम मेरी आमालाई!