भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो आँखालाई राख्ने फूलबारी छैन / अम्बर गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरो आँखालाई राख्ने फूलबारी छैन, तिम्रो मुहारमा राखूँ कि
मेरो बतासलाई बाँध्ने सुगन्ध छैन, तिम्रो निश्वासमा राखूँ कि

पहाड भन कि मदेश फाँट घुमेकै म पनि
बैशाख भन कि पानीको रिमझिम रुझेकै म पनि
त्यसरी पनि जीवन झुल्छ जसरी फुल्छ वन
बाँड्नलाई बाँकी रहेन केही बाँकी छ यौटै मन
मेरो यही मनलाई राख्ने घुम्तीघर छैन
तिम्रो दोकानमा राखूँ कि

उदास भन कि खुसी भन कि भएकै म पनि
राम्रा नराम्रा दुबै नै थरी भएकै म पनि
जता नै पनि जोबन फुल्छ जसरी फुल्छ फूल
मायालु मात्र बेग्ला र बेग्लै मायाको एउटै फूल
मेरो मायालाई राख्ने झ्यालखाना छैन
तिम्रो नजरमा राखूँ कि