भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मेरो आफ्नो गीत / गीता त्रिपाठी
Kavita Kosh से
गीतसँगै हासेँ
गीतसँगै रोएँ
खुसी हुँदा, दुःखी हुँदा
मेरो गीत, मेरो आफ्नो गीत
जुनेलीमा प्रित बने
परेलीमा शीत बने
मेरो मुटु छामीछामी
जिन्दगीको मित बने
मेरो गीत, मेरो आफ्नो गीत
कहिलेकाहीँ हार बने
कहिलेकाहीँ जीत बने
हारजीत सँगालेर
जिन्दगीको रीत बने
मेरो गीत, मेरो आफ्नो गीत
मेरो दुःख साथ लिए
लड्न खोजेँ हात दिए
गुन्गुनाए ओठबाट
चोट सबै आफैँ पिए
मेरो गीत, मेरो आफ्नो गीत
•