भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मेरो कविता / बालकृष्ण सम
Kavita Kosh से
तिमी ता जून-चाँदीले अनि घाम-सुनले कविता लेख्छौ,
म त अँधेरी रातको गुफामा जमेको कालोले लेख्छु ।
तिमी त आफ्नो संगीतको सुर चराको सित मिलाउँछौ,
हृदयतन्तु म त नीरवतासित कसी कसीकन जमाउँछु ।
तिम्रा वचनहरू पुष्पपरागमा चोपिएका हुन्छन् सब,
मेरा त अश्रुचूर्णमा अनि देहभस्ममा लोटाइन्छन् ।
किनभने उद्देश्य रमेका जीवित व्यक्तिहरूलाई
स्वर्गीय कल्पना दिदै नचाउने भाव चढाउने तिम्रो छ ।
मेरो मृत व्यक्तिहरूलाई सम्झाउने उद्देश्य छ यो-
'साथी, यतिका भारीतारी कसी कहाँ जाने सुरले
हिंडेका हौ ? त्यो सब बिसाई किन यहीं सुतिरहनुपयो ?
सपनाको पट्टल उघारिदेऊ, उठ अब कलम समात !'
साहित्यस्रोत, १।६-७, आश्विन-कातिक २००४