भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो गोजी / डा.जी.एस. शिवरुद्रप्पा / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरो गोजीमा हात नहाल, साथी
मेरो हो यो गोजी
हस्तक्षेप नगर यसमा कसैले ।
धेरै चिज हुन सक्छन् यसभित्र
जे सुकै भए पनि तिम्रो चासोको विषय हैन ।

मेरो बैङ्क बुक, मेरा रिनको हिसाब, मेरा प्रेमपत्र
जे सुकै हुन सक्छन्।
तर मेरो हो यो ।
छैनौ तिमीले सक्ने मेरा दु:ख केलाउन।
त्यस्तै रहुन् ती ।
मित्रता मात्र भए पुग्छ तिम्रो मलाई ।

मेरो गोजीमा केके छन् भनेर चासो नगर
म पनि तिम्रा चिजबारे वास्ता गर्ने छुइनँ ।
स्पस्ट, तुवाँलोविहीन रहन देऊ हामीबीचको आकाशलाई
त्यही नै मनग्गे हुनेछ ।