मेरो नियास्रो तिम्रा आखाँहरुमा / सविता गौतम दाहाल
हौ सायद तिमी मेरी सिर्जना
या पूूर्व जन्मकी प्रिय सखी रन्जना
हुन सक्छ हामी जया– विजया हौ पौराणिक कालका ।
समयको यो सुन्दर पल हाम्रो मित्रताको साक्षी
शिल्पीले कुदेका हाम्रा समान वस्त्रहरुमा
आभूषणविहीन गलाहरुमा
छाएको शालीन कौमार्यता
न शिरविन्दु छ, न कुुनै कर्णवाली
फेरिपनि सजिएका देखिन्छौ धपक्क ।
काठको मेचभरि फैलिएको
घाघरा र जम्फर
उस्तै केश कोरेर– वाटेर जुम्ल्याहा जसरी बसेका छौ
कुनै नजरले ननियालेको हाम्रो कक्ष
जहा“ लुगा राख्ने टया“का उघारै छ
आघा लुगा भित्र छन त आधा बाहिर।
तिमी पत्र लेख्दै गर्दा
सगै बसेर हेरी रहेछु फुलबट्टे अक्षरहरु
इन्दीराले पिता जवाहरलाई प्रतिउत्तर लेखेझैे भावुुक तिमी ।
उज्यालो चराहरुको गीतसंगै
झयालबाट चिहाउछ
अन्धकार स्वप्न नगरीमा पुग्ने ढोकाको चुकल खोल्छ
भविस्य सजाउन आफन्त भन्दा टाढा टाढा
यो आश्रम,यो निकेतन ओर्लिएका हामी विरुवाहरु ।
मेरो नियास्रो तिम्रा आखाँहरुमा भरिदा
म छताछुल्ल हन्छु
मेरो सफलताको खुशी तिम्रो अनुहारमा झल्कदा
म तिम्रो अंगालोमा हन्छु
झाँसीझैं साहसी बन्ने उत्साह तिम्रो गर्भबाट जन्मदा
म हुर्काउने भरोसा दिन्छु।
नयाँ प्रेमीझैं हामी सखी
पाठका उत्कृष्ट नमूना
अभ्यासको करेसामा गोडदै छौ।
हौ सायद तिमी मेरी सिर्जना
या बाल्यकालकी संगिनी आर्शिमा
यो तस्वीर,ताजा फुलझै मनमस्तिष्कमा फुलिरहेछ
भावविभोर भइरहेछु पलपल
आश्रमकी उही किशोरी ।
सिर्जना, आर्शिमा र रन्जना साथीका नाम हुन ।